
पाल्पा, चैत्र



कोरोना भाइरस ( कोभिड १९ ) को सँक्रमणबाट बच्न पाल्पा जिल्लाको पहीलो व्यवसायिक रेडियो श्रीनगर एफ,एम प्रा।लि। ले नियमीत काममा सावधानी अपनाउने भएको छ ।समाचार मूलक कार्यक्रम बाहेक अन्य सवै कार्यक्रमहरु आगामी १८ गते सम्मका लागी स्थगित गरेको छ । नियमित रेडियोकार्यक्रम संगै प्रशासनिक कार्यहरु समेत हाललाई रोकिएको प्रा।लि। का अध्यक्ष भीमसेन कार्कीले जानकारी दिनुभयो । स्थानीय गतिविधि र श्रीनगर हाईलाई संगै अन्य समाचार मुलक कार्यक्रमहरु भने प्रस्तोताहरुले घरबाटै उत्पादन गर्नेछन् । केही प्राविधिक र समाचार बाचक बाहेक सबै कर्मचारीहरुलाई बिदा दिइएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । बिहान ५ बजे देखि बेलुकी ११ बजे सम्म प्रशारण हुँदै आएको श्रीनगर एफ।एम।को समयावधीलाई केही समयका लागी घटाएर अव बेलुकी १० बजे सम्म मात्रै प्रशारण हुने जनाइएको छ ।
कोरोना भाइसरको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालय पाल्पाले गरेको निषेधाज्ञाका कारण यसो गर्नुपरेको प्रा।लि। का स्टेशन म्यानेजर देब पचभैयाले जानकारी दिनुभयो । यसै बिच यही चैत्र १३ गते परेको प्रा।लिको १८ औ वार्षिक उत्सवका अवसरमा समेत कुनै कार्यक्रम नगरिएको श्रीनगर एफ,एम प्रा।लि।ले जनाएको छ । २०६० साल चैत्र १३ गते देखि नियमित प्रशारण शुरु गरेको पाल्पाको पहिलो व्यवशायीक रेडियोको रुपमा स्थापित श्रीनगर एफ,एम यस क्षेत्रमै बढी क्षमता, हजारवाटमा प्रशारण भैरहेको छ








