
चैत्र १३,



( कोरोना भाइरस ( कोभिड १९ ) को सँक्रमणबाट बच्न पाणिनी गाउँपालिका ले नियमीत काममा सावधानी अपनाउने भएको छ । जिल्लाको पूर्वि पाणिनी गाउँपालिका को वार्ड नं २ पोखराथोकमा रहेको श्री हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा विश्व भर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९ ) को सँक्रमणबाट बच्न ,अर्थात् कोरोना भाइरस बाट सजकता अपनाउन को लागि र कोई संकास्पद बिरामी भेटिएमा सेभ क्वारेन्टाइन मा राख्न को लागि क्वारेन्टाइन कक्ष बनाइएको हो।जस मा १० वटा बेड हरु रहेका छन् ,तेस्तै पाणिनी को वडा नं ५ मैदान मा रहेको भानु मा वि मा १० वटा बेड सहित को क्वारेन्टाइन कक्ष बनाइएको गाउँपालिका उप प्रमुख ( लक्ष्मी गौतम ले जानकारी दिनु भयो ।गौतम ले भन्नु भयो हामी हरु गाउँपालिका का सम्पूर्ण वाड हरुमा क्वारेन्टाइन कक्ष बनाउन लागिरहेको र सामाग्री तयारी अवस्था मा रहेको र अन्य वाड मा परिस्थिति हेरेर गर्नेकी भन्ने सोच मा रहेको बताउनु भयो।

भाईरस को संकास्पद देखिएका बिरामीहरु लागि आवश्यक क्वरेन्टाइन कक्षको तयारि गरेको छ। । गाउँपालिकाले सबै वाडहरुमै बनाउने उदेश्यका साथ आफै निरन्तर काममा लागीरहेको गाउँपालिका अध्यक्ष अच्युत गौतम र उपाध्यक्ष लक्ष्मी गौतमले जानकारी दिनु भयो








