
दिपक भट्टराई चैत्र २२, पाल्पा



पाल्पाको रिब्दिकोट गाउँपालिकाले अति विपन्न परिवारलाई राहत स्वरुप दैनिक आवश्यक पर्ने उपभोग्य वस्तु वितरण गरेको छ ।
एन.आई.सि एसिया बैंकको सहयोग तथा रिब्दिकोट गाउपालिकाको समन्वयमा Corona -virus कोभिड १९ को सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको Lockdown का कारण समस्यामा परेका ज्यालादारी गरी जीवनयापन गर्ने रिब्दिकोट गाउपालिका, भित्रका बिपन्न परिवारलाई गाउँपालिकाको निर्णयानुसार वडा स्तरीय राहत सिफारिस समितिको सिफारिस बमोजिम वडा नं ३ का २० घर परिवार लाई आज प्रतिपरिवार २० किलो चामल,२ किलो दाल, १ लिटर तेल र १ किलो नुन राहत स्वरूप उपलब्ध गराईएको छ ।
राहत प्राप्त गर्ने वडा न।३ खस्यौलीका सन्त ब। बिकले राहत सामग्री उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्दै केही दिनलाइ भएपनि राहत भएको भन्दै खुसी ब्यक्त गर्नु भयो ।
त्यसैगरी माया सुनारले आफ्ना पति मृगौला पिडित भै घरमै बिरामी अवस्थामा रहेको र ५ जनाको परिवार आफूले नै ज्याला मजदुरी गरि गुजारा चलाउदै आएकोमा खर्च जुटाउन समस्या परेको र गाउपालिकाले खाद्यान्न राहत उपलब्ध गराउदा दुखीका लागि पनि सरकार रहेछ भन्ने महसुस भएको बताउनु भयो । आफु हरुले राहत पायसी बिपन्न परिवारले खु।सी महसुस गरेका छन ।
गाउँपालिकाको आजै प्रत्येक वडामा राहत सामग्री उपलब्ध गराईएको र भोलि बिहान सबै वडामा वितरण हुने बताएको छ ्रवडा स्तरिय सिफारिस समितिले छनोट गरे बमोजिम वडा नं १ बाट ३० जना ,वडा नं २ बाट २५ जना ,वडा नं ३ बाट २० जना , वडा नं ४ बाट २६ जना , वडा नं ५ बाट २६ जना, वडा नं ६ बाट ३० जना , वडा नं ७ बाट २० जना र वडा नं ८ बाट ३१ जना गरि कुल २ सय ८ जना बिपन्न परिवारलाई पहिलो चरणमा राहत स्वरुप दैनिक आवश्यक पर्ने उपभोग्य वस्तु वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत
रिषीराम अर्जेलले बताउनु भयो ।








