काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो।



पश्चिमी पहाडी भू–भाग तथा पूर्वी क्षेत्रको मौसम अहिले आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदली भएको छ । मध्य क्षेत्रका केही स्थानमा हल्का बर्षा भैरहेको मौसमविदले बताएका छन् ।
दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । केही स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको संम्भावना रहेको मौसमविदले बताएका छन् ।
राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ।
मध्य र पश्चिम पहाडीका थोरै स्थान तथा पूर्वका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।









