बैशाख ३,काठमाडौं :
संघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना रोकथामका लागि स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा मंलबार साँझ सम्म २ अर्ब १ करोड ८ लाख ६५ हजार १ सय रुपैयाँ जम्मा भएको छ।
सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा नेपाल आयल निगमले ५० करोड जम्मा गरेको छ। त्यस्तै विभिन्न कार्यलय र व्यक्तिहरुबाट कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ। मंगलबार हिमालय एयरलाइन्सले १ कारोड जम्मा गरेको छ।
त्यस्तै सनलाईफ इन्सोरेन्सले ३० लाख १ हजार रुपैया कोषमा जम्मा गरेको छ। नेशनल माइक्रो फाइनानान्सले १० लाख रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
कोषमा १ लाख भन्दा कम रकम जम्मा गर्ने र नाम नखुलेका विभिन्न व्यक्तिहरुले १ करोड ३८ लाख रकम जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देश कोरोना मुक्त नहुन्जेलसम्म आफूले तलब नलिने घोषणा गरेका छन्।
त्यस्तै सत्तारुढ दल नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले २ महिनाको आफ्नो तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।












