बुटवल ।
सुनचॉदी पसलमा चोरी गर्ने प्रयत्न गर्दै गरेका ३ जनालाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ । बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरमा रहेको सुनचॉदी पसलमा चोरी गर्ने प्रयत्न गरीरहेकै बेला तनहुका मनोज बिश्वकर्मा सहित ३ जनालाई नियन्तरणमा लिएको हो ।
शुक्रवार राती १२ बजे तिर गस्तीमा रहेको प्रहरी टोलीले सुनपसलको ताला फोरी सटर बंग्याउदै गरेका ३ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भटराईले बताउनु भयो ।



उनिहरुको साथबाट प्रहरीले सटर फोर्न प्रयोग गरेका घन (हथौडा) हेक्सा ब्लेड, रड लगायतका सामग्री बरामद गरेको जनाएको छ ।
नियन्त्रणमा लिईएकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक भटराईले बताउनु भयो ।








