रामपुर पाल्पा ।
रामपुर उद्योग वाणिज्य संघ पाल्पाले पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ । संघले २०÷२० हजार रूपैयाँ बराबरको खाद्यान्न गाउपालिकाको कार्यालयमा नै पुगेर सहयोग गरेको हो ।
लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारलाई लक्षित गरी संघको टोलीले निस्दी गाँउपालिका प्रमुख मुक्त बहादुर सारु र उपप्रमुख रिता कुमारी अर्याल यस्तै पूर्वखोला गाँउपालिाका प्रमुख पशासकिय अधिकृत रुद्र बहादुर पछाई , प्रशासकिय अधिकृत हरि टण्डनलाई ५÷५ क्वीन्टल चामल राहत स्वरुप हस्तान्तरण गरेको छ ।



राहत हस्तान्तरण गर्न संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको नेतृत्वमा वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई , उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ , महासचिव खिम बहादुर क्षेत्री र सचिव खुममाया राना सहितको टोली पुगेको थियो ।
यस अघि रामपुर नगरपालिकालाई नगद ५१ हजार सहयोग गरेको संघले छिमेकी पालिकाहरुलाई पनि खाद्यान्न प्रदान गरेको हो ।संघले पालिकाहरुसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।








