नयाँ दिल्ली ।
भारतमा नोभेल कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ५३३ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार नयाँ तथ्यांक सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा दुई हजार ५५३ कोरोना संक्रमित थपिएको जनाएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक हजार ३७३ पुगेको छ । त्यसैगरी कोरोना प्रकोप सुरु भएदेखि यता ११ हजार ७०७ कोरोना संक्रमितको उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले जानकारी दिएका छन् ।



भारतमा हालसम्म २९ हजार ४५३ सक्रिय कोरोना संक्रमित रहेका छन् । सचिव अग्रवालका अनुसार भारतमा हालसम्म २७ प्रतिशतभन्दा बढी कोरोना संक्रमितको उपचार भएको छ ।
भारतमा १७ मेसम्म लकडाउनको समयावधि बढाइएको छ । बीबीसी









