चितवन । चितवनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी दुर्गा सुवेदी पक्राउ परेका छन् ।
सुवेदीलाई चितवन प्रहरीले हिजो बेलुका भरतपुरबाट पक्राउ गरेको हो ।



हिजो बिहान मात्रै चितवन प्रहरीले विप्लवका केन्द्रिय सदस्य अनिल शर्मा बिरहीलाई अस्पतालबाट नियन्त्रणमा लिएको थियो ।








