जेठ ६, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा रहेको छायाँ पोलिक्लिनिकका १० जना स्वास्थकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । गुल्मीको मदानेका कोरोना सङ्क्रमितले उपचार गराएको खुलेपछि सिल गरिएको पोलिक्लिनिकका स्वास्थकर्मीको स्वाब संकलन गरी परिक्षणका लागी पठाइएको हो ।
पोलिक्लिनिक सिल गरी उपचार तथा ल्याब र फार्मेसीमा संलग्न १० जनाको स्वाब परीक्षणका लागि प्रदेश जन स्वास्थ्य कार्यालय भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।



गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी वैशाख ३१ गते दिउँसो ३ बजेतिर ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि छायाँ पोलिक्लिनिकमा आएर चेकजाँच गराएको र त्यहाँ उपचार सम्भव नहुने भएपछि बुटबलको क्रिमसन अस्पतालमा गएर भर्ना भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए। भर्ना भएको दिनदेखि नै उनको आईसीयूमा भेन्टिलेटरमा उपचार भइरहको छ ।
पोलिक्लिनिकका स्वास्थकर्मीको परिक्षण रिपोर्टको आधारमा त्यस क्लिनिकमा उपचारका लागि आएका सबै बिरामी र उनीहरुसँग सम्पर्कमा आएका सबैलाई खोजी गरी कोरोना चेकअप गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।








