जेठ ९, काठमाडौ ।
नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसाँंगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो।
शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्।



संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ।









