बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वय र प्रदेश नं ५ को प्रदेशसभा सचिवालयको सहयोगमा विहिबार बुटवलमा पत्रकारको कोरोना परीक्षण गरिएको छ ।
कोरोना संक्रमणका समयमा पनि स्थलगत सक्रिय रिपोर्टिङ गर्ने ४० पत्रकारको आरडिटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको महासंघका अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिए ।



खुला सीमाका कारण जिल्लामा कोरोना संक्रमित बढ्दै जाँदा पत्रकारमा समेत त्रास देखिएकाले प्रदेशसभा सचिवालयलाई अनुरोध गरी परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष जिसीले बताए ।
महासंघले पत्रकारका लागि विभिन्न चरणमा सुरक्षा सामग्रीसमेत वितरण गर्दै आएको छ । कोरोना संक्रमण शुरु भएदेखि तीन चरणमा पत्रकारलाई मास्क, पञ्जा, स्यानिटाइजर लगायत सामग्री वितरण गरिएको सचिव रामप्रसाद आचार्यले बताए ।
उनका अनुसार महासंघका सदस्य नभए पनि मिडियामा क्रियाशील सबै पत्रकारलाई सुरक्षा सामग्री उपलब्ध गराइएको छ । रासस








