जेठ १३, गुल्मी ।
गुल्मीका थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ जना जनप्रतिनिधि रहेको खुलेको छ । अर्का एक जना भने भारतबाट आएको व्यक्ति भएको बताइएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेन्द्र गिरिले गुल्मीका ३६ र ३७ वर्षीय दुई जनामा कोरोना पोजेटिभ देखिएको बताए ।



जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनामा कोरोना पुष्टि भएको भन्दै उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको बताएको छ ।
यो सँगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।








