जेठ १३ ,बुटवल ।
प्रदेश ५ प्रदेशसभाको बैठक आज बस्दै छ । विशेष कारण जनाउँदै हिजो अन्तिम समयमा आएर स्थगित भएको बैठक आज दिउँसोको लागि पुनः बोलाइएको हो ।
दिउँसो १ बजे बस्ने बैठकमा सरकारको नीति र कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले पक्ष र विपक्षमा आ–आफ्नो धारणा राख्ने सचिवालयले जनाएको छ । यसै नीति र कार्यक्रम अनुसार सरकारले बजेट बनाउने काम पनि थाल्ने छ ।



१० गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । प्रदेशसभा प्रस्तुत भएको नीति तथा कार्यक्रममा कोरोना कारणले परेको असर ,पर्न सक्ने जोखिमलाई मूल्यांकन गरी अधिकांश विगतका योजनाहरुहरुलाई निरन्तरता दिएको छ ।








