जेष्ठ १३,गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षमा कोरोना संक्रमण देखिएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष र चालक ‘होम क्वारेन्टाइन’मा बसेका छन् ।
जिल्लास्थित राजनीतिक दलका प्रमुख पनि होम क्वारेन्टाइनमै रहेका छन् ।



प्रदेश प्रयोगशाला भैरहवामा भएको परीक्षणमा धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना ‘पोजिटिभ’ देखिएको थियो । अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना पुष्टि भएको र आफ्नो स्वास्थ्य अवस्था सामान्य भएकोले होम क्वारेन्टाइनमा बस्ने जानकारी दिएका छन् ।
सक्रमित गाउँपालिकाका अध्यक्ष पोखरेल सहित गुल्मीका १२ ओटै स्थानीय तहका प्रमुखहरु समन्वय समितिले आह्वान गरेको बैठकमा सहभागी भएका थिए । बैठकमा सहभागी सम्पुर्ण अहिले होम क्वारेनटाईलमा रहेको बताइएको छ ।








