जेठ १३, कपिलवस्तु ।
कपिलवस्तुको यशोधरा गाउपालिकाका २४ जना थप भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। थपिएका २४ जना कोरोना संक्रमित भारतबाट आएको खुलेको छ।
मंगलबार थप भएका २४ जनामध्ये यशोधरा गाउपालिका वडा नं. १ मा १२ जना, वडा नं. २ मा एक २ वर्षीया बालिकासहित ५ जना , वडा नं. ७ मा ७ जना पुरुष थप भएका हुन्। थप भएकामध्येमा २ वर्षीया बालिकाबाहेक सबै पुरुष हुन्। उनीहरु गाउँपालिकाले सञ्चालन गरेका क्वारेन्टाइनमा रहेका छन्।



जिल्लाका मायादेवी गाउँपालिकामा १५ जना, यशोधरा गाउँपालिकामा ३६ जना, वाणगंगा नगरपालिकामा १२ जना, कपिलवस्तु नगरपालिकामा ११ जना, महाराजगञ्ज नगरपालिकामा ९ जना, कृष्णनगर नगरपालिकामा ८ जना संक्रमित छन्।
त्यसैगरि बुद्धभूमि नगरपालिकामा ६ जना, शिवराज नगरपालिकामा ६ जना , विजयनगर गाउँपालिकामा ४ जना र शुद्धोधन गाउँपालिका २ जना संक्रमित रहेका छन्।








