ट्रेन्डिङ

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

राजा वीरेन्द्रको वंशनाश गरिएको १९ वर्ष पूरा

काठमाडौं ।
राजा वीरेन्द्रको वंशनाश गर्ने गरी मच्चाइएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । १९ वर्षको यस अवधिमा अनेकन व्यक्ति सत्तामा पुगे तर राजा वीरेन्द्रको परिवारको समूल नष्ट गर्ने गरी मच्चाइएको हत्याकाण्डको चित्तबुझ्दो कारण अहिलेसम्म पनि जनताले पाएका छैनन् ।

२०५८ साल जेठ १९ गते शुक्रवारको रात्रि राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिराजकुमारी श्रुतिसहितका १० जनाका लागि कठोर काल बनेर निम्तिएको थियो । घटनामा राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाह, राजपरिवारका सदस्यहरु शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर मारिएको थियो ।

नेपालको इतिहासकै कालो दिनका रुपमा अंकित जेठ १९ मा भएको घटनाबारे अझै पनि नेपालीको मन सन्तुष्ट हुने गरी तथ्य स्थापित भएको छैन । हुनत, राजा वीरेन्द्रका सहोदर भाई ज्ञानेन्द्र स्वयं हत्याकाण्डपछि राजा बने । तर मानिसलाई पत्यार लाग्ने गरी उनले पनि घटनाको छानबीन गराउन सकेनन् ।

सर्वोच्च अदालतका तात्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समितिले प्रेमवियोगमा परेका युवराज दीपेन्द्रबाट हत्याकाण्ड मच्चाइएको प्रतिवेदन त दियो तर उक्त प्रतिवेदनलाई अहिलेसम्म पनि मानिसले पत्याउन सकेका छैनन् ।

ज्ञानेन्द्रबाहेक नै पनि यो कालखण्डमा दर्जनौं व्यक्ति प्रधानमन्त्री बनेर सत्ता सम्हाले तर कसैले पनि यस हत्याकाण्डको उचित छानबिन गराएनन् । वीरेन्द्रको वंशनाश भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर इतिहासकै सबैभन्दा ठूलो हत्याकाण्डको तथ्य सार्वजनिक गर्ने आश्वासन प्रत्येकजसो शासकले दिए । तर दण्डहीनताको जालोमा लपेटिएको नेपाली सत्ताले यो घटनालाई पनि उसैगरी छाडिदियो जसरी अरु सयकडौं घटनाहरु न्याय नपाएरै इतिहासको गर्भमा विलुप्त भए ।

नेेेपाली जनताको मनमा विकासवादी, शान्तिकामी र एक शालिन राजाका रूपमा स्थापित वीरेन्द्र अन्तर्राष्ट्रिय जगतमा पनि उत्तिकै लोकप्रिय मानिन्थे । तर शुक्रबारे उक्त अकल्पनीय कालरात्रिपछि उनी संसारमै एउटा दुःखद घटनाबाट परिचित रहे ।

संसारमै बिरलै हुने यस्ता वंशनाशका हत्याकाण्डका खबरले १९ वर्ष अगाडिको त्यो दिन संसार नै स्तब्ध बनेको थियो । आज सम्झँदा त्यतिबेला भदौरे झरी सरी बलीन्द्र अश्रुधाराले आफ्ना प्रिय राजाको बिदाई गर्नेहरुको भीड कसरी सम्हालियो होला भन्ने लाग्छ । परिस्थिति सम्हाल्न सोही काण्डमा परेर गम्भीर भएका अचेत अवस्थाका युवराज दीपेन्द्रलाई नयाँ राजा घोषणा गर्नुपरेको थियो ।

तात्कालीन रुपमा प्रवाह गराइएको सूचनामा हत्याकाण्ड दीपेन्द्रले नै घटाएको भन्ने थियो । तर युवा वर्गमा निकै लोकप्रिय छबी बनाएका दीपेन्द्रमाथि लगाइएको त्यो आरोप सत्य मान्ने पक्षमा नेपाली जनता थिएनन् । उनीहरुमा ठूलै षडयन्त्रबाट दरबार हत्याकाण्ड मच्चाइएको आशंका थियो । हत्याकाण्डका समयमा प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले यस घटनालाई बारम्बार ‘ग्राण्ड डिजाइन’ को संज्ञा दिइरहे । तर उनले यस हत्याकाण्डपछीको डिजाइन के थियो भन्ने कहिल्यै खुलासा गरेनन् ।

देशमा एकातिर संसदीय व्यवस्थाविरुद्ध चलाइएको माओवादी सशस्त्र हिंसा चरम उत्कर्षमा पुगिरहेको थियो । अर्कातर्फ सिंहदरबार केन्द्रित सत्ता चरम भ्रष्टाचार र अनियमितताका कारण अलोकप्रिय थियो । जनता देशको राजनीतिप्रति अत्यन्तै निराश थिए । शासन प्रशासन राज्यको ढुकुटीमा लूट मच्चाउने खेलमा लिप्त थियो । जुन अद्यापि कायमै छ । यस्तो बेलामा कल्पना पनि गर्न नसकिने एउटा भयंकरको बज्रपात नेपाल र नेपालीले सहनु परेको थियो ।

मुलुकमा बहुदलीय व्यवस्थाको पुनर्बहालीको माग गर्दै जनआन्दोलन हुँदा जनतालाई शक्ति छाड्ने र नछाड्ने भन्नेमा दरबारभित्र तीब्र बहस हुँदा उदारवादी राजा वीरेन्द्र जनतासँग शक्ति साझेदारी गर्ने निर्णयमा पुगेका थिए । त्यसले पनि उनीप्रति सबैखाले नागरिकको सम्मान थियो । कट्टरतावादी दरबारीयाहरु कुनै हालतमा पनि बहुदलीय व्यवस्था पुनर्स्थापना गर्न नदिने पक्षमा हुँदा पनि राजा वीरेन्द्रले आफ्ना जनतासँग नै सत्ता साझेदारी गर्ने बाटो रोजे ।

२०४६ सालमा मुलुकमा नेपाली कांग्रेस र कम्युनिष्टहरुले शुरु गरेको जनआन्दोलन उत्कर्षतर्फ पुग्दै गर्दा राजा वीरेन्द्रसँग सत्ता टिकाउनका लागि राष्ट्रिय सार्वभौमिकतामै कटौति गर्ने खालको प्रस्ताव भारतले पठाएको दाबी गरिएका छन् । उक्त प्रस्तावपछि राजा वीरेन्द्र मुलुकको सार्वभौमिकता कटौति हुने विदेशी प्रस्तावमा लम्पसार परेर सत्ता टिकाउनेभन्दा दलका नेताहरुसँगै साझेदारी गर्ने पक्षमा उभिएको तथ्यहरु स्थापित भइसकेका छन् ।

आजभन्दा ७५ वर्षअघि विसं २००२ साल पुस १४ गते पिता महेन्द्र र माता इन्द्र राज्यलक्ष्मी शाहको जेठा सन्तानका रुपमा जन्मिएका वीरेन्द्रले विसं २०२८ सालमा बाबुराजा महेन्द्रको निधनपछी राजा बनेर राजवंशको परम्परा सम्हालेका थिए । राजा नेतृत्वको पञ्चायती व्यवस्थाको १८ वर्ष सक्रिय शासन गरेका उनी २०५८ सालको त्रासदीपूर्ण हत्याकाण्ड अगाडिसम्म १२ वर्ष संवैधानिक राजाका रुपमा रहे ।

सक्रिय शासन सम्हाल्दाभन्दा पनि संवैधानिक हैसियतमा रहँदा उनको लोकप्रियता बढी चुलिएको थियो । दलका नेताहरुले चलाएको शासनले जनतामा निराशा छाइरहँदा पनि उनले संविधानको कुशल अभिभावकको भूमिका निर्वाह गरिरहे । निहीत स्वार्थका लागि केही दरबारीयाले सत्ताका लागि उक्साएर विवादमा तान्न खोजे पनि उनले त्यसलाई लत्याउँदै आएको उनीसँग लामो बसउठ गरेका तात्कालीक शासक प्रशासकहरु बताउँछन् ।

रहस्यमय उक्त हत्याकाण्डसँगै नेपाली माटोबाट राजतन्त्रको जरो हल्लियो । संसदीय प्रजातन्त्रमाथिको प्रहार झन् तीब्र बने । प्रजातन्त्र र राजतन्त्रको साझेदारी (संवैधानिक राजतन्त्र) नै नेपालका लागि उपयुक्त बाटो हो भन्ने वीपी कोइरालाको विचार पनि यो हत्याकाण्डसँगै कमजोर बन्यो । जनताका प्रतिनिधिले शासन र राजाले राज्य गर्ने भन्ने सम्झौता पनि हत्याकाण्डले चूर्ण बनाइदियो ।

वीरेन्द्रको वंशनाशपछी राजवंश सम्हाल्न आएका उनकै भाइ ज्ञानेन्द्रले दाईको स्थानमा नबस्ने भन्दै आफ्ना पिता महेन्द्रको सक्रिय शासनको बाटो पछ्याए । यसले राजतन्त्र र दलहरुको दूरी बढायो । मौकाको ताकमा रहेको माओवादी अनेकन षडयन्त्रको सिद्धान्त प्रयोग गर्दै परम्परागत राज्यसत्तालाई कमजोर बनाउन सफल भयो । नेपालमा प्रजातन्त्र र संवैधानिक राजतन्त्र रहेको हेर्न नचाहने देशी विदेशीहरुको गठजोठबाट अन्ततः नेपालबाट राजतन्त्रले नै बिदा पायो । विपरीत ध्रुवका विचार बाेकेका कांग्रेस र कम्युनिष्टका बीच मेल भयाे । मुलुकमा परम्परागत संसदीय प्रजातन्त्रको स्थानमा वर्णशंकर व्यवस्थाको गाँड थपियो । सनातन राज्य व्यवस्थाका आधारहरु नष्ट गर्दै आयातित वर्णशंकर व्यवस्थामै काफलचरी नाच्न थाले ।

मुलुकमा गणतन्त्र त स्थापित भयो । तर यस तन्त्रको जग नेपाली भूमिभन्दा बाहिर रहँदा वर्तमान शासकहरुका लागि दिल्ली र बेइजिङको खुला हस्तक्षेप ग्राह्य हुँदै गएको छ । दक्षिणकाे भारतले कालापानी पश्चिम कालीपूर्वकाे नेपाली भूमिमा कब्जा जमाउँदा उत्तरी चीनले सगरमाथा आफ्नाे भूमिमा रहेकाे प्रचार छेडेकाे छ । अमेरिकी यूरोपियनहरुको स्वार्थमा संविधानका पानाहरु नै रंगिएका छन् । विश्वमा क्रान्तिले तात्कालीन रुसी जारशाहको वंशनाश गरिएबाहेक यस्तो दर्दनाक घटना संसारमै बिरलै भएको छ ।

यस्तो कठोर काल ब्यहोर्न विवश तात्कालीन राजा वीरेन्द्रसहित दरबार हत्यकाण्डमा ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धासुमन !

सम्बन्धित खवर