२१ जेठ, बुटवल ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौता जलाएका छन् ।
लुम्बिनी ब्युरोका नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा र कपिलवस्तु जिल्लामा कार्यकर्ताहरुले एमसीसी सम्झौता जलाइएका हुन् ।



सम्झौताको ७७ पृष्ठको नेपाली प्रति जलाइएको हो ।
बुटवलको देविनगरमा मंगलवार साँझ सम्झौता जलाउँदै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज संगम पुनले एमसीसी देशको लागि घातक हुने दावी गरे । उनले संसदबाट एमसीसी पारित गरे पनि कार्यक्रम संचालन हुन नदिने घोषणा समेत गरेका छन्।
एमसीसी सम्झौता बारेमा सत्तारुढ दल नेकपा भित्रपनि मतान्तर रहेको छ ।









