काठमाडौँ।
कोरोना भाइरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै जाँदा सरकारले नेपालमा स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको तयारी गरेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ हजार भन्दा धेरै कोरोना भाइरसका सक्रमित देखिएकाले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ।



मन्त्रालयको उक्त प्रस्तावबारे आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने मन्त्रालय स्रोतले बतायो।
बुधबारसम्म कोरोना भाइरसको संक्रमण २३०० जनामा फैलिसकेको छ भने यसका कारण ९ जनाको ज्यान गुमिसकेको छ।
लकडाउन ७२ औँ दिनमा पुग्दा देशभरिको जनजीवन प्रभावित भएको छ भने आर्थिक गतिविधि ठप्प हुँदा ठूलो संख्यामा नागरिकहरु अप्ठ्यारोमा धकेलिएका छन्।








