ट्रेन्डिङ

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

लकडाउन खुकुलो बनाउन ६ चरणको योजना (कुन-कुन चरणमा के के खोल्न पाईन्छ त ? हेरौ )

जेठ २३,काठमाडौं ।
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले ‘लकडाउन टु लुजडाउन’को नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित ६ चरणको १२ हप्ते लकडाउन खोल्ने योजनाको प्रस्ताव तयार पारेको छ।

लकडाउन खुकुलो बनाउनु पर्ने चर्को दबाब सरकारमाथि परिरहेका बेला सीसीएमसीले तयार पारेको उक्त प्रस्ताव कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिमा पेश भइसकेको छ।

थप छलफल गरी समितिले त्यसलाई अनुमोदनका लागि मन्त्रीपरिषदमा पेश गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले बतायो।

सीसीएमसीले तयार पारेको ‘नेपालमा बन्दाबन्दीलाई खुकुलो गर्ने ‘प्रस्तावित स्वरुप’ मा लकडाउन पूर्णरुपमा खुल्ला गर्ने निर्णय १० औँ हप्तापछि समिक्षापछि गरिनेछ।

प्रस्तावित स्वरुप अनुसार प्रत्येक दुई सातामा लकडाउन खुकुलो बनाइने छ। प्रस्तावित स्वरुपमा जर्जियाको ६ चरणको लकडाउन खुकुलो बनाउने मोडलको ढाँचा पनि प्रस्तुत गरिएको छ।

पहिलो चरणमा राष्ट्रिय गौरवका आयोजनाहरु आंशिक खोलिने
प्रस्तावित स्वरुपमा हालको बन्दाबन्दी सकिएपछि अर्थात जेठ ३२ गतेपछि पहिलो चरणमा दुई हप्ता सम्पूर्ण सुरक्षात्मक उपायहरु अपनाई सामाजिक दूरी कायम गरी हालकै अवस्थामा दूध, अन्नबाली, तरकारी/फलफूल, बस्तुभाउलगायत सम्पूर्ण कृषिजन्य उत्पादन कार्य आंशिक खोल्न दिने प्रस्ताव गरिएको छ।

यस्तै दैनिक उपभोग्य सामग्रीका लागि डिपार्टमेन्टल स्टोर/मार्ट, किराना पसल, खाद्य स्टोर, पानी/ग्यास डिपो पनि हालकै अवस्था आंशिक खोल्ने दिने प्रस्ताव छ।

अत्यावश्यक सवारी साधन चलिनै रहने छन्। यो चरणमा विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु आंशिक खोल्न दिने प्रस्ताव गरिएको छ।

यो चरणमा होटल, रेस्टुरेन्ट र बारलाई होम डेलिभरीको अनुमति दिइनेछ। यस्तै सरकारी/निजी फाईनान्स आंशिक खोल्ने, ई–कर्मस पूर्णरुपमा खोल्ने, मर्निङ वाक आंशिक गर्न दिनइने भएको छ।

दोस्रो चरणमा निजी, सार्वजनिक सवारी साधन चल्ने आन्तरिक उडान हुने
प्रस्तावित स्वरुपमा पहिलो चरणको मुल्याङन पछिको दुई साता सुरक्षात्मक उपाय अपनाएर निजी सवारी साधन ठूला शहरहरुमा जोर/बिजोर प्रणालीमा जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ।

यस्तै सार्वजनिक सवारी साधन ५० प्रतिशत यात्रु मात्रै बोकेर सञ्चालन गर्न पाइनेछ । यसगरी सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर ४० प्रतिशत यात्रुसहित आन्तरिक हवाई उडान भर्न पाइने छ। यस्तै यो चरणमा घरेलु तथा साना उद्योग र अन्य ठूला उद्योग तथा कलकारखाना आंशिक खोल्न पाइने छ।

तेस्रो चरणमा पठनपाठन र भर्ना प्रक्रिया सुरु हुने
दोस्रो चरणको मुल्याङन गरी दुई साता कृषि, दैनिक उपभोग्य बस्तु सामग्रीका लागि सबै पसलहरु पूर्णरुपमा खोल्न दिने प्रस्ताव गरिएको छ।

यो चरणमा दोस्रो चरणमा अपनाईको नियम अनुसार निजी सवारी साधन चलाउन दिइने छ। पुरानै नियमअनुसार घरेलु तथा साना उद्योग पनि पूर्णरुपमा खोल्न दिइने छ।

विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु पनि पूर्णरुपमा खोलिने योजना छ। अन्य ठूला उद्योग तथा कलकारखाना भने आंशिक रुपमा खोलिने छ। यो समयमा विद्यालय, कलेज र विश्वविद्यालय पठनपाठन र भर्ना प्रक्रिया सुरु गरिने छ।यो चरणमा अटो सर्भिसिङ/अटो पार्टर्स/ईलेक्ट्र/आइटी, कम्युटर/मोबाइल मर्मत संभाारको सेवा सञ्चालनका लागि अनुमति दिइने छ।

चौथो चरणमा सनेमा/मल/पर्यटकीय क्षेत्र, होटल/रेस्टुरेन्ट सञ्चालनमा
तेस्रो चरणको बन्दाबन्दी मुल्याङक गरी दुई हप्ता थप गर्ने योजना बनाइएको छ। यो चरणमा संक्रमित जिल्ला र संक्रमणरहित जिल्ला छुट्याइने छ।

संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी बन्दाबन्दी हटाइने छ। निजी, सार्वजनिक सवारी र आन्तरिक उडानलाई तेस्रो चरणकै नियम लागू हुनेछ।

यो चरणमा सम्भव भएसम्म अनलाइनमार्फत पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गर्ने गरी विद्यालय, कलेज र विश्वविद्यालय सञ्चालन गर्ने र भर्ना प्रक्रिया सुरु हुनेछ।

सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर, सामाजिक दुरी÷मास्कको प्रयोगसहित सिनेमा/मल/पर्यटकीय क्षेत्र, होटल/रेस्टुरेन्ट/बार र विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजनाहरु पूर्णरुपमा सञ्चालनमा आउने छन्।

यस्तै जिम, मर्निङ वाक, अन्य सम्पूर्ण खेलकुद, फेन्सी स्टोर, हजाम र ब्युटी पार्लर पूर्णरुपमा खोलिने छ।

पाँचौ चरणमा अन्तर्राष्ट्रिय उडान सूचारु गर्ने
चौथो चरणको बन्दाबन्दी मुल्याङन गरी २ हप्तामा सामाजिक दुरी र सम्पूर्ण सुरक्षात्मक उपाय अपनाएर अन्तर्राष्ट्रिय उडान भर्न अनुमति दिइने छ।

यो समयमा धार्मिक स्थल मन्दिर/गुम्बा/चर्च/मस्जित पूर्णरुपमा खोल्न दिइनेछ। यसै चरणमा ‘लकडाउन टु लुजडाउन’ को रणनीति कार्यान्वयनबारे समग्र समिक्षा हुनेछ ।

छैठो तथा अन्तिम चरणमा विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले विश्वभर संक्रमण शुन्यको घोषणा गरेपछि सेवाहरु सामान्य अवस्था सरह नै पूर्णरुपमा प्रवाह गरिने प्रस्तावमा उल्लेख गरिएको छ।

लकडाउन खुल्ला गर्दा भयावह स्थिति पनि आउन सक्ने आँकलन
प्रस्तावित स्वरुपमा बन्दाबन्दी खुकुलो गर्दा आइपर्न सक्ने चुनौतिहरुबारे पनि उल्लेख गरिएको छ।

खासगरी सुरक्षा तथा अर्थ क्षेत्रमा हालको तुलनामा बढी चाप पर्न सक्ने, भारतीय सीमामा नेपाली नागकिहरुको चाप बढ्नुको साथै गैरनेपालीहरुको समेत आगमन हुन सक्ने, स्वास्थ्य क्षेत्रमा कामको चाप बढ्न जाने र स्वास्थ्य सामग्रीलगायत जनशक्तिमा कमी हुन जाने चुनौतिको रुपमा आकंलन गरिएकोछ।

यस्तै वैदेशिक रोजगारीमा गएकाहरु स्वदेश फर्कनेहरुलाई तत्काल थप क्वारेन्टिनको व्यवस्था र रोजगारीलगायत खाद्य सामग्री आपूर्तिमा असर पर्ने सीसीएमसीको अनुमान छ।

मानिसको चहलपहल बढ्दै जाँदा संक्रमणको मात्रा बढ्न सक्ने, जनमानसमा त्रासको वातावरण बढ्ने आंकलन पनि गरिएको छ। बढ्दो संक्रमण र समुदायस्तरमा समेत संक्रमण फैलिएकोले ‘लकडाउन टु लुजडाउन’ मा जाँदा कुनै पनि बेला भयावह स्थिति सिर्जना हुन सक्ने अनुमान पनि गरिएको छ।

सरकारले जेठ ३२ गतेसम्म पुरानै किसिमको लकडाउन लागू गर्ने निर्णय गरेको पाँच दिनपछि बुधबार बसेको मन्त्रीपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिलाई दुई दिनभित्र लकडाउन ढाँचा तयार पार्ने जिम्मेवारी दिएको थियो।

उच्चस्तरीय समन्वय समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले एकै पटक लकडाउन खोल्ने अवस्था नरहेकाले क्रमश लकडाउन खोल्ने गरी गृहकार्य भइरहेको बताए।

सम्बन्धित खवर