जेठ २४, गुल्मी ।
सत्यवती गाउँपालिकाका दुईजनामा डेंगुको संक्रमण दखिएको छ। गाउपालिकाको वडा नम्बर ६ का १४ वर्षीय पुरुष र वडा नम्बर ५ की ५१ वर्षीया महिलामा डेंगु संक्रमण देखा परेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।
शुक्रबार उनीहरुमा बढी ज्वरो देखा परी स्वास्थ्य परीक्षण गर्दा डेंगु देखा परेको हो। उनीहरुलाई स्वास्थ्य केन्द्रको निगरानीमै राखेर उपचार गरिएको सवास्थ्य केन्द्रकी प्रमुख डा. शीला ढकालले जानकारी दिइन्।



उनीहरुले यसभन्दा पहिले निजी क्लिनिकबाट औषधि खाँदै आएको र उनीहरुमा उच्च ज्वरो र टाउको दुख्ने समस्या देखा परेपछि परीक्षण गर्दा डेंगु देखा परेको ढकालले बताइन्।









