जेठ २५,बुटवल ।
बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका नौ जना कोरोनामुक्त भएका छन्। बुटवल–१० स्थित एन्फा एकेडेमीमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार बिदाई गरिएको हो।
कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै बिदाइ गरे। विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उनीहरुलाई डिस्चार्ज गरिएको बुटवलका प्रमुख सुवेदीले बताए।



बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले आइसोलेशनबाट संक्रमण मुक्त भएर घरमा गएपनि त्यहाँ गएर अपनाउनु पर्ने स्वनियमका बारेमा जानकारी गराउँदै नियमित ज्वरो नाप्ने थर्मोमिटर, मास्क, पञ्जालगायतका सामग्री प्रदान गरेका थिए।
आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठजना र एकजना रुपन्देहीका रहेका छन्।









