दाङ ।
प्रदेश नं ५ का सबै जिल्लामा कोरोना संक्रमण भेटिएको छ । आइतबार रोल्पामा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो । योसँगै प्रदेश नं ५ का १२ वटै जिल्लामा कोरोना संक्रमण भेटिएको हो ।
रोल्पामा ३ जनामा कोरोना संक्रमण भेटिएको हो । रोल्पा नगरपालिका ६ सुलीचौरका एकजना, सुनील स्मृती गाउँपालिकाका दुईजनामा कोरोजा पोजिटिभ देखिएको हो ।



भेरी अस्पतालको प्रगोगशालामा गरिएको परीक्षणमा दुईजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा एकजनामा कोरोना भेटिएको हो । तीनै जना २०,२२ र २७ वर्षका पुरुष हुन् ।









