नयाँ दिल्ली ।
भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ९७१ कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट २८७ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट सबभन्दा धेरै महाराष्ट्र, गुजरात, राजस्थान र दिल्ली प्रभावित भएका छन् ।



स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकका अनुसार देशभर कुल संक्रमितको संख्या २ लाख ४६ हजार पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६ हजार ९२९ पुगेको छ ।
त्यसैगरी हालसम्म भारतमा १ लाख १९ हजार कोरोना संक्रमितलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।
यसअघि शनिबार ९ हजार ८८७ कोरोना संक्रमित थपिएका थिए भने २९४ जनाको मृत्यु भएको थियो । -बीबीसी









