परासी ।
नवलपरासीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । सुस्ता गाउँपालिका ५ रतनगंजको भित्री सडकखण्डमा प्रहरीको चेकजाँचमा ठुलो मात्रामा लागूऔषधसहित एकजना पक्राउ परेको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासीको बिनयीत्रिवेणी गाउँपालिका ६ रानीनगर बस्ने २६ बर्षिय निरज कुमार गौड रहेको प्रहरीले जनाएको छ । गौडले प्रयोग गरेको युपी ५३ एजे ०२७७ नम्बरको भारतीय नम्बर प्लटेको मोटरसाईकल पनि बरामद गरिएको छ । पक्राउ गरि प्रहरीले थप अनुसन्धान थालेको छ ।



गत २५ गते आइतबार रामनगर प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले गौडलाई शंकाका आधारमा चकेजाँच गर्दा उनको पाईन्ट र ज्याकेटमा लागूऔषध लुकाएर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले भेटेको थियो ।
प्रहरीले उनको साथबाट नाईट्रोभेट ६० ट्याब्लेट, स्पास्मो ३२ क्याप्सुल, ओनोरेक्स १०० मिलीको ४ सीसी, सानो फोल्डिङ्क चक्कु एकथान, २ थान मोबाईल, नगद ६५५ रुपैया बरामद गरेको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।
जिल्लाको भुजहवाँ, बसैया, झुल्नीपुर र रामनगर नाकामा लागूऔषध कारोबारीहरुको उपस्थिती बढेको पाइन्छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले लकडाउनको अवधिमा मात्र एक दर्जनलाई लागु औषधसहित पक्राउ गरि मुद्दा चलाएको बताउछन् । लागूऔषध कारोबारीले लकडाउनको मौकाछोपी सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध ओसारपसार गरिरहेको पाइएको छ ।









