अर्घाखाँची ।
अर्घाखाँचीेको मालारानी गाउँपालिका वडा नं. ४ को क्वारेन्टिनमा बसेका एकजनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी बुटवलबाट फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
भारतबाट आएका खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो । अस्पतालमा उपचारपछि घर फर्कँदै गरेका खनालको बाटोमै मृत्यु भएको हो ।



उनको स्वाब परीक्षणका लागि पठाइएको भएपनि रिपोर्ट भने आई नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी संगै एउटै कोठामा बस्दै आएका अन्य ६ जना को पनि स्वाब संकलन गरी पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।









