पाल्पा ।
कोेरोना परीक्षणका लागि सरकारको बाटो हेर्दा धेरै ढिलाइ हुने देखिएपछि पूर्वखोला गाउँपालिका पाल्पाले कोरोना परीक्षणका लागि पीसीआर किट खरिद गरेको छ ।
क्वरेन्टीनमा रहेकाको संख्या बढ्दै गए पनि सरकारको बाटो कुर्दा परिक्षणमा ढिलाई हुने भएपछि गाउपालिका आफ्नै खर्चमा किट खरिद गरेको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापामगरले जानकारी दिएका छन् ।



सरकारबाट किट उपलब्ध नहुँदा लामो समयसम्म क्वरेन्टीनमा राख्नुपरेपछि उनीहरुमा सङ्क्रमण देखिए अरुलाइसमेत जोखिम हुने भन्दै पालिका आफैले किट खरिद गरेको अध्यक्ष थापाको भनाइ छ ।
अब क्वरेन्टीनमा रहेका सबैको स्वास्थ्य परीक्षणको तयारी भैरहेको छ साथै गाउँपालिकाले घर फर्किएका लगायत अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको कोरोना परीक्षण गर्ने तयारी समेत गरेको जनाएको छ ।









