काठमाडाैँ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । तीमध्ये ४ हजार २ सय ८५ पुरुष र ३२९ महिला छन्। एकै दिन (बिहीबार) २५० जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै कोरोना भाइरसकै कारण नेपालमा १५ जनाले ज्यान गुमाइसकेका छन् भने ८ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् जसमा बिहीबार मात्रै १८७ जना कोरोनालाई जितेर घर फर्किएका छन्।



बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरस हालसम्म ७२ जिल्लामा फैलिसकेको छ।
यसका साथै स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३, रौतहटका ४२, बाराका ७, धादिङका ७, सर्लाहीका ४, सप्तरीका ९, रौतहटका १५, महोत्तरीका ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका १३, दैलेखका ४८, सुर्खेतका ७, कपिलवस्तुका १, प्युठानका ४, रुपन्देहीका २९, कैलालीका ७, बाजुराका १८, बझाङका २, नवलपरासीका ६ र कपिलवस्तुका १जना संक्रमित थपिएका हुन्।








