असार २, प्युठान ।
प्युठान जिल्लाको प्युठान नगरपालिका – ६ की एक ६ वर्षीया बालिकामा डेंगुको संक्रमण देखिएको छ । बिरामी भएर अस्पताल गएकी बालिकामा डेंगुको संक्रमण पुष्टि भएको हो ।
बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि मंगलबार बुटवल सिफारिश गरिएको अस्पतालले जनाएको छ ।



गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेंगुको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजन केसीले जानकारी दिए ।
मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेंगु संक्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा. अमृत पन्थीले आग्रह गरे ।









