असार १०,काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा एक सय १० महिलासहित ६ सय २९ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको बताउनुभयो ।
पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।



मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार बुधबार पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ।
अहिले सम्म पिसिआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ। आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ।
अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन्। क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन्। अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ।








