असार १०,पाल्पा ।
पाल्पा जिल्लामा बुधबार १४ जना कोरोना सक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रामपुर नगरपालिकाका १४ जना पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराईले जानकारी दिए ।
तीन हप्ता अघी भारतबाट आएका उनीहरुमा संक्रमण पुष्टी भएको हो । संक्रमित मध्ये ८ जना वडा नम्वर ९ को प्रगतिशिल प्रावि , ४ जना भानुभक्त मावि, २ जना वडा नम्वर ५ को बालकल्याण प्राविमा निर्माण गरिएको क्वारेन्टाइमा बस्दै आएको रामपुर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उनीहरुको अवस्था सामन्य रहेको छ । योसँगै नगरपालिकामा संक्रमितको संख्या १६ पुगेको छ । संक्रमित मध्ये २ जना निको भएर फर्कि सकेका छन् ।



आज १४ जना थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ ।









