असार ११, काठमाडौं ।
गण्डकी प्रदेशमा बिहिवार बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नयाँ संक्रमितमा म्याग्दीका ६, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २–२ र स्याङ्जाका १ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।



नवलपुरका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको र अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
संक्रमितमध्ये म्याग्दीको मंगला गाउपालिकाका ४ पुरुष, बेनी नगरपालिकाका १ पुरुष र १ महिलामा कोरोना देखिएकको छ । यसैगरी, स्याङ्जाको कालीगण्डकी गापाका १ पुरुष, बागलुङको गलकोट नगरपालिकाका २ पुरुष र नवलपुरको मध्यविन्दु नगरपालिकाका १ पुरुषमा बिहीबार बिहान कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको छ।








