असार १२,गुल्मी ।
गुल्मीमा शुक्रबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए।
संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका ५ जना, इश्मा गाउँपालिकाका ४ जना, रुरुक्षेत्र गाउँपालिकाका ३ जना रहेको आर्चायले जानकारी दिए। उनीहरुको उमेर समुह १९ देखि ३५ वर्ष सम्मका रहेका छन्। संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ।



यो संगै जिल्लामा संक्रमितको संख्या दूई सय ५७ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ। जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्युभै सकेको छ ।









