




सुशिल बस्याल,
पाल्पा,
असार को महिना मानो रोपेर मुरी उब्जाऊने समय हो तर यो समय मा कृषकहरु सधै चिन्तित हुने गरेको पाइएको छ ।कैले फटयांग्राले ब्याड काटेर त् कैले सलह माहामारिले तथा रोग ले सताएर अरु बर्ष असारको अन्तिम अन्तिम तिर आउने वर्षा अहिले असार लाग्नासाथ आएको ठूलो बर्षाले खेत पहिरो गई बीउ च्यापदा कृषक मारमा परेका हुन। कोहि पहिरो जाने कोहि खोलो पसेर सबै खेत पुरिदिने भएको कारण यो समस्या भएको हो। स्थानीय तह को बाटो विकास ले गर्दा अहिले जहा तहीँ यस्तो समस्या आएको हो ।बाटो खन्ने नाम मा बिना योजना रुखहरु ढलाउने र जथाभावी डोजर चलाउँदा आउने दिनमा के कति क्षति पुर्याउँछ भन्नेमा स्थानीय बासिन्दाहरु पनि सचेत नहुदा समस्या चर्किएको हो ।मानो रोपि मुरि उत्पादन हुने धान खेतीमा समस्या माथि समस्या पर्दा किसानहरु कृषि पेसा नै छोड्ने अवस्थामा पुगेका छन् बल्ल, बल्ल धान बाली मा प्राविधिकको सल्लाहअनुसार विषादी प्रयोग गरे पनि फटयांग्रो नियन्त्रणमा आउन नसकेको कृषकहरुको गुनासो छ। विषादी छरेपछि केही हदसम्म ठिक भए झै देखिन्छ।तर केही दिनपछि पुन फेरि उस्तै हुदा कृषकलाई जिबन निर्बाह गर्न समेत कठिन हुने परिस्थिति निश्चित भएको छ।
यस बर्ष पनि कृषकहरु समस्याबाट अछुतो रहन सकेनन कृषक हरिबहादुर भुजेल भन्नुहुन्छूअरु बेला असारको अन्तिम साता तिर मुल फुट्थो ,असारको सुरुमा रोपाई गर्न पानी पुग्थेन।तर यस बर्ष भने सुरुमै मुल फुटेर खोला बढेर,पहिरो गै रोपाई गर्न कठिन भएको बताउनुभएको छ।









