
सुशिल बस्याल ,
अहिले बादरको आतंक ले गर्दा किसान चित्नित छन् । पाल्पा जिल्ला बगनासकाली ८ बराङ्दिमा बादरले सताउन थालेको छ ।बादरले आतंक नमच्याएको कुनै ठाउँ छैन। बर्षभरी दुख सङ्ग लगाएको खेती स्यार्ने बेलामा बादरले सखाप पार्ने गर्दा किसान मर्का मा परेका छन् । बादरकै कारण खेतबारी बाझा भएका कुरा स्थानीयबासीहरुले बताएका छन।बिहान देखि साझसम्म निरन्तर बादर मात्र थपाई बस्दा खान ,बस्नको कुनै ठेगान नरहेको र खेतबारिमा उब्जनि गरेको बालि थन्काउन नपर्ने गरि सखाप हुदा टुलुटुलु हेरेर बस्नु बिकल्प नभएको कृषक चुरामणी बस्याल बताउनुहुन्छ ।
बादर थपाउदा दिक्दार भएका कृषकहरु खेतिबाली नलगाउने सोचमा पुगेका छन। बादरको समस्या हामीले बाउ बाजेका पाला देखि भोगिरहेका हौ तर अहिले अलि धेरै नै भयो जसले गर्दा किसान को परिश्रमको मुल्य नभएको समाजमा प्रस्ट देखिन्छ ।बादर नियन्त्रण गर्न सबै एकजुट भै लखेटेपनी १,२ दिनपछि फ़ेरि आएको कुरा केही अगुवा कृषक बताउनुहुन्छ ।बादरहरुको बिभिन्न हुल रहेको र एक हुल धपाउदा अर्को हुल कुरा केही कृषकले जानकारी दिनुभयो ।पढाई र रोजगारीको लागि युबा सहर तिर गएका छन भने गाउमा बुढाबुढिलाई बादरले हेरिरहेका छन् । बादरको कारण कृषिबाट निरुत्साहित भएर बस्नुपर्ने अवस्था आउदा सम्बन्धित निकाय सबै मौन बसेका छन ।बादरकै आतंकका कारण बसाई सराई सर्न बाध्य भएका छन।बसाई सराई बाहेक अरु कुनै विकल्प भेटिएको छैन ।कृषिलाई व्यावसायिकरण गर्न बादर नियन्त्रण गर्नु पहिलो चरण मानिएको छ ।बजेट बिनियोजनमा बादर नियन्त्रण कोष स्थापना गरि सहज रुपमा कृषि गर्न सकिने अवस्था सिर्जना गर्नुपर्ने देखिन्छ ।












