बुटवल ।
निरन्तरको वर्षाका कारण आज बिहानैबाट सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको माथिल्लो सिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोका कारण बाटो पूर्णरुपमा बन्द भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।



विहान करिव ६ बजे बाटो माथिबाट पहिरो खसेपछि अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी , स्यास्जा लगायतका जिल्ला जाने सवारी साधन तल्लो सिद्धबावामा रोकिएका छन् भने बुटुवल भित्रिने सवारी साधनहरु दोभानमा नै रोकिएका छन् ।
सडक खुलाउने प्रयास भै रहे पनि माथीबाट ढुङ्गा खस्ने क्रम नरोकिएकोले बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । यो सडक पहिरोले पटक–पटक अवरुद्ध हुने गर्दछ ।









