असार १४,परासी ।
नेपाली काँग्रेसले बढदो भ्रष्टाचार र नागरिकता विधेयकविरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आज आइतबार सदरमुकाम परासीमा सरकारविरुद्ध विभिन्न नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको हो ।
पार्टीका कार्यवाहक सभापति अर्जुन कुमार पोख्रेलेको नेतृत्वमा पार्टीको विपी स्मृति भवनबाट विभिन्न विरोधात्मक प्लेकार्ड बोकी निक्लेको विरोध ¥याली बुद्धचोक हुँदै जिल्ला प्रशासनय कार्यालय पुगी विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा जिल्ला कार्यसमिति, क्षेत्रिय-नगर कार्यसमिति, विभिन्न भातृत्व संघ संगठन र पार्टीका अगुवा कार्यकर्ताहरु गरि २ सय बढिको मासमा उक्त विरोध -याली निकालीएको थियो ।



पार्टीले विरोध प्रदर्शनका क्रममा सरकारकोरोना नियन्त्रणमा असफल भएको, असुरक्षित क्वारेन्टाइनमा जनतालाई राख्ने गरेको, पीसीआर परीक्षण गर्न ढिलाई गरेको, सरकार आफै भ्रष्टाचारमा लिप्त भएको र विभेदकारी नागरिकता विधेयक ल्याएको भन्दै सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको थियो ।
बुद्धचोकमा आयोजित कोणसभामा पार्टीका कार्यबाहक सभापति अजुर्न कुमार पोखरेल, संविधान सभा सदस्यद्धय विक्रम खनाल, देवदकरण जयसवाल, जिल्ला सचिव विक्रम यादव, जिल्ला नेता उमेश यादव, महिला नेतृ आरधाना भट्ट, लगायतले कोरोना संक्रमणका नाउँमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गरी विभेदकारी नागरिकता विधेयक खारेजीको माग गरेका थिए ।









