काठमाडौँ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ। जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन्। नेपालमा अहिलेसम्म २९ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेका छन्।



मंगलबार सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ। त्यहाँ २ हजार ४ सय ५७ जना कुल संक्रमित रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी ३ हजार ८ सय ७ जना संक्रमित रहेका छन्।
यस्तै प्रदेश नम्बर २ मा आज ८२ गरी कुल ३ हजार ७ सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म १ हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी १ हजार ४ सय ३६ जना संक्रमित रहेका छन्। यस्तै प्रदेश नम्बर १ मा आज १२ जना गरी कुल ५ सय ९५ र बागमती प्रदेशमा आज १६ जना गरी कुल ४ सय २८ जना संक्रमित रहेका छन्।
मन्त्रायलका अनुसार पीसीआर विधिबाट अहिलेसम्म २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ।
मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन्। योसँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन्। देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा प्रवक्ता डा. गौतमले जानकारी दिए।








