असार १६,बागलुङ ।
जिल्लाबाट एकै दिन ६८ जना कोरोना जितेर घर फर्किएका छन्। संक्रमण पुष्टि भएर विभिन्न आइसोलेसनमा बस्दै आएका उनीहरुमा दोस्रो पटक गरिएको परिक्षणमा कोरोना संक्रमण नरहेको पुष्टि भएको हो।
धौलागिरि अस्पतालको आइसोलेसन र धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचार गराइरहेका ५३ जना डिस्चार्ज भएका छन्। गण्डकी प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको दोस्रो पटकको कोरोना परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएको हो।



यस्तै सोमबार नै रिपोर्ट नेगेटिभ आएका गलकोट नरेठाँटी स्वास्थ्य चौकी आइसोलेसनका १५ जना पनि मंगलबार मात्रै डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएका सबैलाई एक साता होम क्वारेन्टाइनमा बस्ने मन्जुरीसहित घर पठाइएको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र पोखरेलले बताए।









