असार २१, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।
पार्टी केन्द्रिय कार्यलय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर, कोरोना नियन्त्रण÷ रोकथाममा सरकारको कामको समीक्षा र समसामयिक बिषयमा छलफल हुने कांग्रेसले जनाएको छ।



अस्ति मंगलबारदेखि सुरु भएको बैठकमा पार्टीको महाधिवेशन पहिले तोकिएको समय अर्थात आगामी फागुन ७ गने गर्ने भनिएपनि निर्णय हुन बाँकी छ। बैठकमा सरकारले संविधानको मर्म र भावना विपरीत विभिन्न विधेयक ल्याएको भन्दै सरकारको कदमविरुद्ध कसरी अघि बढ्ने विषयमा पनि छलफल भइरहेको छ।
सरकारले ल्याएको नागरिकता संशोधन विधेयक, अख्तियार विधेयक लगायतको कांग्रेसले बिरोध गर्दै आएको छ। यसअघि बुधबारका लागि तय भएको बैठक पार्टीकी नेतृ एवम् प्रतिनिधी सभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि स्थगित गरिएको थियो।








