असार २१,बाग्लुङ ।
बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकलाई कोरोना संक्रमण पुष्टी भएको छ । गए राति निसीखोला गाउँपालिका–२ का २९ वर्षीय युवकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको सोमबार बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए ।



लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौला सम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ ।









