काठमाडौँ ।
नेपालमा काेराेना भाइरस संक्रमितको संख्या १५ हजार सात सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



अहिलेसम्म कोरोनाबाट मुक्त भएर घर फर्कनेको संख्या ६ हजार ५ सय ४७ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।पछिल्लो २४ घण्टामा कारोना मुक्त भएर १ सय ३२ जना घर फर्केका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृतक थपिएका छैनन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रङका क्रममा मन्त्रालयका प्रव्रक्ता डा. जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिए।
पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १० जनाको कोरोना परिक्षण भएको डा. गाैतमले बताए। आजसम्म २ लाख ५१ जहजार ७ जनाको परीक्षण भएको छ।
यस्तै अहिले क्वारेन्टिनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन्। ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।








