असार २२, अर्घाखाँची ।
अर्घाखाँचीमा १४७ जनाले कोरोनालाई जितेका छन् । कोरोना पोजेटिभ देखिए पछि विभिन्न स्थानका आइसोलेशनमा बस्दै आएका १ सय ४७ जनाको दोस्रो पटक गरिएको परिक्षणमा कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । जिल्लाका विभिन्न स्थानका आइसोलेशन बाट उनीहरुलाई डिस्चार्ज गरिएको छ ।
कोरोना जित्नेहरुमा शितगंगा नगरपालिकाका ५५ जना, सन्धिखर्क नगरपालिका २९ जना, भुमिकास्थान नगरपालिका १९ जना ,मालारानी गाउँपालिका ३८ जना, पाणिनी गाउँपालिका ५ जना र छत्रदेव गाउँपालिका १ जना गरी १ सय ४७ जना लाई डिस्चार्ज गरिएको हो ।



डिस्चार्ज भएकाहरुलाई केही हप्ता होम क्वारेन्टिनमा बस्ने निर्देशन दिएकोे सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए।
जिल्लामा तीन सय १२ जनामा कोरोना सक्रमण पुष्टी भएको छ । दुई जनाको कोरोनका कारण मृत्यु भएको छ भने अहिले ५ सय ६५ जना क्वारेन्टिनमा बस्दै आएका छन ।









