असार २२,बुटवल ।
प्रदेश ५ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ ५ बजे गरेको अद्यावधिक तथ्यांक अनुसार अर्घाखाँचीका २ महिला र ३ पुरुष, पाल्पाका १ महिला र दुई पुरुष, प्युठानका १ पुरुष र नवलपरासी पश्चिमका १ महिला र २ पुरुष गरी १२ जना संक्रमित थपिएका हुन् ।



थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भए संगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय १ पुगेको निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।
प्रदेश ५ का १२ जिल्लाहरु मध्ये सबैभन्दा धेरै कपिलबस्तु र सवैभन्दा कम रुकुम पुर्वमा रहेका छन् ।
तथ्याङ्क अनुसार कपिलवस्तुमा ७४६, दाङमा ५९८, पाल्पामा ५४१, बाँकेमा ३७२, गुल्मीमा ३४१, अर्घाखाँचीमा ३२४, रुपन्देहीमा ३१५, प्युठानमा ३२७, बर्दियामा १९२, नवलपरासी पश्चिममा १०२, रोल्पामा ५१ जना र रुकुम पूर्वमा ४ जना गरी प्रदेश भित्र ३ हजार ९ सय १ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।









