असार २२, काठमाडौँ ।
सरकारले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरी कारबाही गर्ने भएको छ।
गृहमन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको हो।



गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको निर्देशन नमान्नेलाई संक्रामक रोग निवारण ऐन अनुसार कारबाही गरिने बताए।
आवश्यक मापदण्ड पालना गर्ने गरी लकडाउन खुकुलो पारिएको भए पनि सर्वसाधारणले मास्क नलगाएरै घर बाहिर निस्कने र अनावश्क भीडभाड गर्ने गरेको पाइएपछि त्यसलाई रोक्न मातहतका निकायलाई परिपत्र गरिएको अधिकारीले बताए।








