असार २४,प्युठान ।
प्युठानमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर स्थानीय घोरखोलाले बगाउदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।



मंगलबार रोल्पाबाट घर पर्कने क्रममा स्थानीय खोलाले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।









