पाल्पा ।
पाल्पामा कोरोना जितेर घर फर्कनेहरुको संख्या ७० पुगेको छ । बिहीबार थप ११ जना संक्रमितले कोरोना जितेर घर फर्किए संगै डिस्चार्ज हुनेको सङख्या ७० पुगेको हो । बिहीबार पूर्वखोला गाउँपालिकाका ११ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् । यो संगै गाउँपालिकामा निको भएर घर फर्कनेको संख्या १२ पुगेको छ ।
बिहीबार डिस्चार्ज हुने मध्ये १० जना रम्भा गाउँपालिकाको ताहुँमा निर्माण गरिएको आइसोलेशन सेन्टर र एक जना लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उपचाररत थिए । उनीहरु सबै पुरुष रहेका छन् ।



यसअघि रम्भा गाउँपालिकाका २५, माथागढी गाउँपालिकाका ३ जना, रैनादेवी छहरा गाउँपालिकाका १८ जना, बगनासकाली गाउँपालिकाका १, रिब्दीकोट गाउँपालिकाका ४, निस्दी गाउँपालिकाका ३, रामपुर नगरपालिकाका २ जना, लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ठेगाना नखुलेको बाहिरी जिल्लाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको भएर घर फर्किसकेका छन् । उनीहरु जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा बस्दै आएका थिए ।
जिल्लामा अहिलेसम्म संक्रमितको संख्या ५ सय ४७ पुगेको छ भने संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको छ ।









