भैरहवा ।
रुपन्देहीको भैरहवामा ट्रकको ठक्कर बाट बालकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भिर घाईते लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ महादेवाका ८ वर्षीय शिव लोधको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
हिजो साँझ हुलाकी सडक खण्डको महादेवामा पैदल यात्रा गरिरहेका लोधलाई पर्साबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट दाहिने खुट्टा र बायाँ हातमा चोट लागि घाईते भएका उनलाई उपचारकालागि तत्कालै मेडिकल कलेज भैरहवा लगिएको थियो ।



उनको उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिनुभयो । ठक्कर दिएको ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ ।









