काठमाडौं ।
गायक प्रकाश सपुत नयाँ गीत लिएर दर्शक तथा स्रोता माझ आएका छन् । ‘नमस्कार…’ बोलको नयाँ गीत लिएर प्रकाश स्रोता तथा दर्शक माझ आएका हुन् ।
गीतमा कोरोनाका कारण लामो समय घरमै बस्दा कलाकारलाई भएको फ्रष्टेसन समेटिएको छ । ठूलो भिडभाडमा गएर दर्शकमाझ प्रस्तुति दिइरहेका कलाकार घरमै बसेर दिन विताउनु पर्दा हुने पट्यारलाग्दो समय र त्यसबाट उम्किएर मन बहलाउने तौर तरिका गीतमा प्रकाशले समेटेका छन् ।



शब्द, संगीत तथा स्वर प्रकाशको रहेको गीतको भिडियो पनि तयार भएको छ । देबेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा प्रकाशसँगै विराज थापा र किरण मगर फिचर्ड छन् ।
हेर्नुहोस भिडियो:









