असार ३०,गुल्मी ।
कालीगण्डकी गाउँपालिकाले छोरी जन्मे पाँच हजार रुपैयाँ उनको खातामा अनुदान स्वरुप जम्मा गरिदिने भएको छ।
छोरीको सुनौलो भविष्यका लागि गाउँपालिकाले यो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए।यस कार्यक्रमले छोरीको सुनौलो भविष्य निर्माणमा सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ।



यो कार्यक्रम आगामी ०७७– ७८ बाट लागु हुने गाउँपालिकाले जनाएको छ।









